बैंक अफ काठमान्डूको संस्थापक शेयर लिलाम बढाबढ मार्फत बिक्रि

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 22, 2017 | 12:42:34 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमान्डूले संस्थापक सेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। बैंकले नेपाल धितोपत्र बोर्डबाट प्रिमियम मुल्य बिना नै लिलाम बढाबढ मार्फत सर्वसाधारणमा संस्थापक शेयर बिक्रि गर्ने अनुमति पाएको हो।   

बैंकले ६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक सेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो। बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ्ग रहेको छ। कहिलेदेखि लिलाम गर्ने भन्ने बारे जानकारी बैंकले छिट्टै सार्वजनिक गर्ने जनाएको छ।

बैंकले फेस भ्यालुमा १६६ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २६६ रुपैयाँमा लिलाम गर्ने अनुमति मागेपनि नेपाल धितोपत्र बोर्डले प्रिमियम मुल्य बिना नै लिलाम बिक्रि गर्न निर्देशन दिएको हो।

सूचिकृत कम्पनीहरुले थप नयाँ संस्थापक सेयर निष्काशन गर्ने सम्बन्धि व्यवस्था नभएको भन्दै बोर्डले एफपीओ निष्काशनको अनुमती मागेको बैंकको आबेदनलाई सुचिबाटै हटाएर अन्तत: लिलामी प्रक्रियामा जान निर्देशन दिएको हो। 

बैंकले लुम्बिनी बैंकसंगको मर्जपछि संस्थापक साधारण शेयर अनुपात ५१:४९ बनाउन एफपिओ निष्काशनको तयारी गरेको हो। मर्जपछि संस्थापक शेयर स्वमित्व ४५.६४ प्रतिशत कायम भएको थियो । संस्थापक एफपीओ निष्काशनपछि बैंकको चुक्ता पुंजी ६ अर्ब २४ करोड पुग्ने थियो।

बिजपाटि डटकमले केहि समय अगाडी एफपिओ प्रक्रिया स्थगनपछि बैंक अफ काठमाण्डू सामु चुक्ता पुंजी आठ अर्ब पुर्याउन ३ बिकल्प भन्ने शिर्षकमा लेखेको समाचारमा पहिलो बिकल्पमा बैंकले लिलाम मार्फत बिक्रि गर्ने विश्लेषण गरेको थियो। 

बैंकले गत आर्थिक बर्ष ७२ अर्ब १३ करोड निक्षेप संकलन गरि ६२ अर्ब ५४ करोड कर्जा प्रवाह गरेको छ। यस अवधिमा बैंकको चुक्ता पुँजी ५ अर्ब ६२ करोड छ। हाल बैंकले ७५ शाखा, ६६ ए.टी.म र ७ वटा एक्सटेन्शन काउन्टरबाट आफ्नाग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदानगर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved