सकियो मुक्तिनाथ बिकास बैंकको लिलामीको सेयर बोलपत्र खोल्ने काम, कट अफ मूल्य कति ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 23, 2017 | 08:15:01 AM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ बिकास बैंकको शेयरको बोलपत्र खोल्ने काम सकिएको छ। सर्वसाधारणतर्फको शेयरमा प्रति कित्ता ५५१ र त्यो भन्दा माथि कबुलेर लिलाम हाल्ने योग्य आवेदकले मुक्तिनाथको साधारण शेयर प्राप्त गरेका छन। त्यस्तै प्रति कित्ता २७१ रुपैयाँ र त्यो भन्दा माथि कबुल गर्नेले संस्थापक तर्फको सेयर सकारेका छन्। 

बैंकले लिलाममा राखेको सर्वसाधारण तर्फको १ लाख ३५ हजार ०३७.५३ कित्ता सेयरका लागि बोलपत्र पेश गर्ने २३२० जना मध्ये न्युनतम ५५१ रुपैयाँ कबुल्ने मुक्तिनाथको साधारण  शेयर हात पारेको बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटलले जनाएको छ। 

कुल आवेदक मध्ये कति जनाले पाए र कतिको आबेदन रद्द भयो भन्ने तथ्यांक आईनसकेको क्यापिटलले जनाएको छ। साधारण तर्फको शेयरमा अधिकतम ५९२ रुपैयाँ र न्युनतम १०० रुपैयाँसम्म बोलपत्र पेश भएको छ। 

त्यस्तै संस्थापक तर्फको लिलाममा राखिएको ७ हजार ७६५.५१ कित्ता सेयरका लागि बोलपत्र पेश गर्ने जना सबैले संस्थापक सेयर प्राप्त गरेका छन। संस्थापक तर्फको कट अफ मुल्य २७१ रुपैयाँ हुनसक्ने क्यापिटलले जनाएको छ।  बैंकले कात्तिक २३ गतेदेखि कात्तिक ३० सम्मका लागि लिलाम मार्फत १ लाख ६२ हजार ८०३.०४ कित्ता सेयर लिलाममा राखेको थियो। 

४० प्रतिशत हकप्रद वितरण पश्चात बैंकको चुक्ता पुंजी २ अर्ब १५ करोड पुग्नेछ। बैंकले गत आर्थिक बर्षको कमाईबाट २० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ। २० प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी २ अर्ब ५८ करोड पुग्नेछ। बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १३ करोड ५४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। 





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved