माउन्ट मकालु डेभलपमेन्ट बैंकले आज देखि हकप्रद बिक्रि गर्दै, कहाँ दिने आवेदन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 23, 2017 | 09:05:38 AM मा प्रकाशित

laxmi  sunrise bank

माउन्ट मकालु डेभलपमेन्ट बैंकले आज मङ्सिर ७ गतेदेखि हकप्रद बिक्रि गर्दै  छ । बैंकले २:१ को अनुपातमा ५० प्रतिशत हकप्रद बिक्रि गर्न लागेको हो । माउन्ट मकालुले प्रति कित्ता १ सय रुपैयाँका दरले ३ करोड ४५ लाख रुपैयाँ बराबरको ३ लाख ४५ हजार ८८० कित्ता हकप्रद बिक्रि गर्न लागेको हो। बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल क्यापिटल छ। बैंकले असोज २३ गते धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको अनुमति पाएको हो। 


  काबेली बिकास बैंकसंग एक्विजिसनमा गएकाले माउन्ट मकालुको सेयर कारोबार जेठ १ देखि रोक्का रहेको छ। त्यसैले बैशाख २९ सम्म कायम सेयरधनीहरुले मात्र माउन्ट मकालुको ५० प्रतिशत हकप्रद भर्न पाउनेछन। साथै माउन्ट मकालुको सेयर खरिद गरि कात्तिक १६ सम्म नामसारी गरिसकेका सेयरधनीहरुले समेत माउन्ट मकालुको ५० प्रतिशत हकप्रद भर्न पाउने बैंकका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक कुमार खड्काले बिजपाटिलाई जानकारी दिए। 

हाल बैंकको चुक्ता पुंजी ६ करोड ९१ लाख छ। ५० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी १० करोड ३७ लाख पुग्नेछ। 

लगानीकर्ताले पुस १२ गते सम्म हकप्रद भर्न सक्ने छन् ।  लगानीकर्ताले एनआईबिएल क्यपिताल्को कार्यालय लाजिम्पाट, माउन्ट मकालु डेभलपमेन्ट बैंकका शाखा कार्यालयहरु र नेपाल इन्भेस्टमेन्ट बैंकको चिप्लेढुंगा पोखरा, बिराटनगर, बिरगंज, नेपालगञ्ज, नारायणगढ, बुटवल तथा धनगढी शाखाबाट आवेदन दिन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved