हकप्रदले पनि पाउने गरी मिर्मिरे माइक्रोफाइनान्सले गर्यो बोनस घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 23, 2017 | 09:53:39 AM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षको कमाईबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तको मङ्सिर ६ मा बसेको संचालक समितीले गत आर्थिक बर्षको कमाईबाट ३०।८० प्रतिशत बोनस र कर प्रयोजनका लागि १।६२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताब गरेको जनाइएको छ।

उक्त प्रस्ताब नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात शेयरधनीहरुमा लाभांश वितरण हुनेछ। गत बर्ष मिर्मिरेले ५० प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

३०।८० प्रतिशत बोनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पुंजी ५ करोड ८८ लाख पुग्नेछ। हाल लघुवित्तको चुक्ता पुंजी ४ करोड ५० लाख छ। यस अघि लघुवित्तले ५० प्रतिशत हकप्रद बिक्रि गरेको थियो। उक्त ५० प्रतिशत हकप्रदले समेत बोनस सेयर पाउनेछन।

लघुवित्तले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ५२ लाख २९ हजार खुद मुनाफा आर्जन गरेको छ। लघुवित्तले हालै मात्र शतप्रतिशत हकप्रद बिक्रि गर्ने घोषणा गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved