नयाँ नेपाल लघुवित्तले गर्यो लाभांश घोषणा, २५० प्रतिशत हकप्रद पाइपलाइनमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 24, 2017 | 08:48:59 AM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ नेपाल लघुवित्त बिकास बैंकले गत आर्थिक बर्षको कमाईबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तको मङ्सिर ८ मा बसेको २२१ औ संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १।०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाइएको छ। 

उक्त प्रस्ताब नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी ९ औं बार्षिक साधारणसभाले पारित गरेपश्चात शेयरधनिहरुमा लाभांश वितरण हुनेछ। २० प्रतिशत बोनस शेयर बितरणपश्चात लघुवित्तको चुक्ता पुंजी २ करोड ४० लाख पुग्नेछ। हाल लघुवित्तको चुक्ता पुंजी २ करोड छ । लघुवित्तले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २ लाख ६९ हजार खुद मुनाफा गरेको छ।  

२५० प्रतिशत हकप्रद 

लघुवित्तले बोनस सेयर वितरण पश्चात कायम चुक्ता पुंजीबाट १ बराबर २.५ कित्ता अर्थात २५० प्रतिशतका दरले हकप्रद बिक्रि गर्ने प्रस्ताब साधारणसभामा लैजाने भएको छ। साधारणसभाले प्रस्ताब पारित गरेपश्चात लघुवित्तले २५० प्रतिशत हकप्रद बिक्रि गर्ने जनाइएको छ।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved