सप्तकोशी डेभलपमेन्ट बैंकले लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा फिर्ता गर्न थाल्यो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 24, 2017 | 09:16:19 AM मा प्रकाशित

laxmi  sunrise bank

सप्तकोशी डेभलपमेन्ट बैकंले मङ्सिर ८ गते शुक्रबारदेखि लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा फिर्ता सुरु गरेको छ । बैंकले आवेदकले लिलाम भर्दा दरखास्त फारममा उल्लेख गरेको बैंक खातामा पैसा फिर्ता गर्न सुरु गरेको जनाएको छ। 

बैंकले कात्तिक २२ देखि कात्तिक २९ सम्म ८ लाख १६ हजार ६७७ कित्ता संस्थापक शेयर लिलाम मार्फत बिक्रि खुला गरी मङ्सिर ५ मा बाँडफाँड गरेको थियो। 

बाँडफाँटमा नपरेको शेयर बापतको रकम मङ्सिर ८ गते शुक्रबारदेखि नै फिर्ता गर्न सुरु गरेको बैंकले जनाएको छ। आवेदकले दरखास्त फारममा उल्लेख गरेको बैंक खातामा नै पैसा फिर्ता गरिएको बैंकले जानकारी दिएको छ। 


यसरी एनसीएचएल-आपिएस मार्फत रकम जम्मा गर्दा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नियम अनुसार शुल्क लाग्ने भएकाले उक्त शुल्क आवेदकले नै बेहोर्नु पर्ने बैंकले जनाएको छ। 

साथै कुनै कारण बश खातामा रकम जम्मा नभई त्यसरी फिर्ता हुन आएका आबेदकहरुलाई एनएमबि क्यापिटल लिमिटेडले एकाउन्ट पेयी चेक मार्फत रकम फिर्ता भुक्तानी गर्ने बताइएको छ।   

सप्तकोशीको हालको चुक्ता पुंजी २१ करोड १० लाख छ। १३० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ४८ करोड ५३ लाख पुग्नेछ। बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २८ लाख ५२ हजार खुद मुनाफा आर्जन गरेको छ। बैंकले ३ प्रतिशतले चुक्ता पुंजी वृद्धि गर्दापनि राष्ट्र बैंकले तोकेको ५० करोड चुक्ता पुंजी पुर्याउन सक्नेछ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved