काठमाडौंमा वातावरण मैत्री भौतिक संरचना निर्माण हुने, यस कारण आवश्यक छ इबीए

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 24, 2017 | 09:57:52 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं उपत्यका विकास प्राधिकारणले भौतिक संरचनाहरु वातावरण मैत्री बनाउने भएको छ । भौतिक संरचना वातावरण मैत्री बनाउनका लागि प्राधिकरणले इकोसिस्टम वेस एडपटेसन (इबीए) अध्ययन गर्ने भएको हो ।

नेपालमा भौतिक संरचनाहरु इबीए अध्ययन बिना निर्माण हुने गरेकाले वातावरण पर्ने प्रभावको मुल्याङकन हुन उपत्यका विकास प्राधिकरणका सहरी योजना विज्ञ भागवतभक्त खोखालीले जानकारी दिए ।

‘प्राधिकारले निर्माण गर्ने भौतिक संरचनाहरुले वातावरण पारेको प्रभाव बुझ्नका  इबीए अध्ययन गर्न लागिएको हो, इबीए अध्ययनबाट भौतिक संरचना निर्माणबाट वातावरणमा पर्ने असर न्युनिकर गर्न सकिने छ,’ खोखालीले भने ।

प्राधिकरणले इबीए अध्ययनका लागि प्रस्ताव माग गरेको प्रस्तावमा  गरिसकेको ९ वटा नेपाली कम्पनीले इच्छा जाहेर गरिसकेका छन् । ती कम्पनीलाई कम्पनीलाई कम्पनीलाई प्राधिकरणले मंसिर ३ लेटर फर रिक्वेस्ट (एलफआर) पठाइएको खोखालीले जानकारी दिए ।

 के हो इबीए

इकोसिस्टम वेस एडपटेसन भन्नाले इबीए बुझिन्छ । इबीएले कुनै पनि भौतिक संरचना निर्माण गर्दा सो स्थानको वातावरणमा हुने पर्यावरण परिवर्तनको अध्ययन गर्छ । 

इबीए अध्ययन मार्फत वातावरणमा देखिन सक्ने परिवर्तनका साथै त्यसलाई न्युनिकरण गर्ने उपयम पहिचान गर्न सहयोग हुने विज्ञ खोखाली बताउँछन् ।

इबीए किन आवश्यक छ 

नेपालका भौतिक संरचनाहरु इबीए अध्ययन बिना निर्माण हुने गरेको छन् । इबीए अध्ययन बिना भौतिक संरचनाहरु निर्माण हुँदा पर्यावरणमा भईरहेका प्रभावबारे थाहा पाउन सकिदैन । जसका कारण सो स्थान बसोबार गर्ने जीव, जन्तु लोप हुन सक्नेछन् । इबीएले प्रभावका साथै प्रभावलाई न्युनिकारण गर्ने उपाय पनि अपनाउने छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved