बिओकेको संस्थापक शेयर लिलामीमा आयो, यी १६ अवस्था भएकाले आबेदन दिन नपाउने

आबेदन दिंदा राष्ट्र बैंकले तोकेको ३ कागजात पेश गर्नुपर्ने
मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 27, 2017 | 07:51:56 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमान्डूले नयाँ संस्थापक शेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। बैंकले मङ्सिर २२ देखि २९ सम्म ६१ लाख ५८ हजार ६७ कित्ता नयाँ सस्थांपक सेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो। 

नेपाल राष्ट्र बैंकले तोकेको फिट एण्ड प्रोपर टेस्ट उत्तीर्ण भएका इच्छुक बोलकबोल दाताले मङ्सिर २२ देखि बैंकको बिक्रि प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ सेन्ट्रल प्लाजा, नारायण चौर, नक्साल, र बैंक अफ काठमाण्डूका तोकिएका शाखा कार्यालयबाट आबेदन फारम प्राप्त गरि दरखास्त दिन सक्नेछन।    

बोलकबोल दाताले बिओकेको लिलामको शेयरमा बोलपत्र पेश गर्नका लागि बैंक अफ काठमान्डूमा रहेको नबिल इन्भेष्टमेन्ट बैंकिङको नाममा रहेको खाता नम्बर ०६५९००००००१४५२४ मा रकम जम्मा गरि सक्कल नगद भौचर बोलपत्र फारममा संलग्न गरि पेश गर्न सक्नेछन। 

साथै बोलकबोल दाताले गुड फोर पेमेन्ट चेक मार्फत समेत आबेदन दिन सक्नेछन। यसका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङको नाममा खिचिएको नेपाल क्लियारिंग हाउसको सदस्य रहेको बैंक तथा वित्तीय संस्था मार्फत गुड फोर पेमेन्ट चेक बुझाउनुपर्नेछ। गुड फोर पेमेन्ट गर्दा लाग्ने शुल्क तथा चेक जम्मा गर्दा लाग्ने शुल्क स्वयम आवेदकले बुझाउनुपर्नेछ। 

इच्छुक बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ।सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको हकप्रद पाउने छन। 

बैंकले संस्थापक र सर्वसाधारण शेयरधनीको सेयर संरचना मिलाउनका लागि संस्थापक शेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्न लागेको हो। बैंकले फेस भ्यालुमा १६६ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २६६ रुपैयाँमा लिलाम मार्फत बिक्रि गर्ने अनुमति मागेपनि नेपाल धितोपत्र बोर्डले प्रिमियम मुल्य बिना नै लिलाम मार्फत बिक्रि गर्ने अनुमति दिएको हो।

बैंकले लुम्बिनी बैंकसंगको मर्जपछि संस्थापक साधारण शेयर अनुपात ५१:४९ बनाउन संस्थापक शेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो। तत्कालिन लुम्बिनी र बैंक अफ काठमान्डूको मर्जपछि संस्थापक शेयर स्वमित्व ४५.६४ प्रतिशत कायम भएको थियो । 

बैंकले गत आर्थिक बर्ष ७२ अर्ब १३ करोड निक्षेप संकलन गरि ६२ अर्ब ५४ करोड कर्जा प्रवाह गरेको छ। यस अवधिमा बैंकको चुक्ता पुँजी ५ अर्ब ६२ करोड छ। हाल बैंकले ७५ शाखा, ६६ ए.टी.म र ७ वटा एक्सटेन्शन काउन्टरबाट आफ्नाग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदानगर्दै आएको छ ।

सर्वसाधारणले पनि बोलपत्र पेश गर्न पाउने भएपनि बोलकबोल दाताले राष्ट्र बैंकले तोकेको फिट एण्ड प्रोपर टेस्ट उत्तीर्ण भएको प्रमाणसमेत जुटाउनु पर्नेछ। 

आबेदन दिंदा राष्ट्र बैंकले तोकेको निम्न कागजात पेश गर्नुपर्नेछ:

१. लगानी रकमको आयश्रोत विवरण 

२. आर्थीक बर्ष २०७२-०७३ को आयकर दाखिला चुक्ता भएको प्रमाण पत्र 

३. कर्जा सूचना केन्द्रको कालोसूचीमा नपरेको प्रमाण 

त्यस्तै 

निम्न १६ अवस्थामा भएको कुनै पनि व्यक्ति तथा संस्थाले शेयरका लागि आबेदन दिन पाउनेछैनन


बिओकेको लिलामीको संस्थापक सेयरमा कसले आबेदन दिन पाउने, कारोबार कति सहज ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved