नागबेली लघुवित्तको ४५.६ प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 28, 2017 | 09:56:13 AM मा प्रकाशित

laxmi  sunrise bank

नागबेली लघुवित्तको ४५.६ प्रतिशत बोनस सुरक्षित गर्ने आज मङ्सिर १२ गते अन्तिम दिन रहेको छ । लघुवित्तले यहि मङ्सिर २५ गते बोनस प्रस्ताव पारित गर्नको लागि साधारणसभा डाकेको छ । साधारणसभा प्रयोजनको लागि कम्पनीले मङ्सिर १३ गतेदेखि देखि बुक क्लोज गर्ने जनाएको छ । अर्थात् आज १२ गते सम्म कायम शेयरधनीले मात्र प्रस्तावित बोनस लिन र साधारणसभामा भाग लिन पाउने छन् । 

कम्पनीले बोनसपछि शतप्रतिशत हकप्रद पनि जारि गर्ने भएको छ  ।  कम्पनीको बोनस र हकप्रद प्रस्ताव आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । कम्पनीले गत बर्षको साधारण सभा बाट नै शत प्रतिशत हकप्रद प्रस्ताव पारित गरेको भए निष्काशन भने गरेको थिएन । 

 हाल कम्पनीको चुक्ता पुंजी ५ करोड २५ लाख रहेकोमा बोनसपछि कम्पनीको चुक्ता पुंजी  ७ करोड ६३ लाख पुग्ने छ  । त्यस्तै शतप्रतिशत हकप्रद पछि चुक्ता पुंजी १५ करोड २६ लाख पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved