१० अंकले बजार बढ्दा ५७ करोडको कारोबार, चिलिमे हाइड्रोपावरको टर्नओभर उच्च

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 28, 2017 | 01:55:30 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन मंगलबार बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ  । आज नेप्से सूचक १०.१२ अंकले बढेर १५२३.८६ को उचाईमा पुगेर रोकिएको छ  । आज कारोबारमा आएका १६३ कम्पनीका ९ लाख ९९ हजार ६० कित्ता शेयर खरिद बिक्रिबाट ५७ करोड २१ लाख ९९ हजार ७ सय ५७ रुपियाँको कारोबार भएको छ  ।

आज चिलिमे हाइड्रोपावरको सबै भन्दा धेरै ३ करोड २३ लाखको कारोबार भएको छ  । अन्य बढी कारोबार हुनेमा बुटवल पावर कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, नागबेली लघुवित्त, एनसीसी बैंक लगायत रहेका छन्  ।

आज कारोबारमा आएका समुहगत सूचक मध्ये उत्पादन र इन्स्योरेन्स बाहेकका सबै सूचक बढेका छन्  । 

आज मिसन डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्बाधिक ७.८१ प्रतिशत कमाएका छन्  । अन्य बढी कमाउनेमा स्वदेशी लघुवित्त, कर्णाली विकास बैंक , युनाईटेड फाइनान्स लगायत रहेका छन्  ।

आज बढी गुमाउनेमा कुवेर मर्चेन्ट फाइनान्स, मन्जुश्री फाइनान्स, ओम डेभलपमेन्ट बैंक, हाम्रो विकास बैंक, लुम्बिनी विकास बैंक लगायत रहेका छन्  ।


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved