कन्काई विकास बैंकले गर्यो लाभांश घोषणा, चुक्ता पुंजी ५० करोड पुग्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 29, 2017 | 08:53:31 AM मा प्रकाशित

laxmi  sunrise bank

कन्काई विकास बैंकले लाभांश घोषणा गरेको छ  ।  बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई २ करोड ९० लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १५ लाख २६ हजार ३ सय १६ रुपियाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  । 

उता प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र बैंकको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ  । 

 कन्काई विकास बैंकले गत साउन ९ गतेदेखि  २१४ प्रतिशत हकप्रद निष्काशन गरेको थियो   । हकप्रद निश्कासनपछि बैंकको चुक्ता पुंजी  ४७ करोड १० लाख पुगेको छ ।  प्रस्तावित  २ करोड ९० लाख बोनसपछि बैंकको चुक्ता पुंजी राष्ट्र बैंकले तोके अनुसार ५० करोड पुग्ने छ। 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved