धेरैपछि शेयरबजारमा अर्ब बढीको कारोबार, संस्थागत लगानीकर्ताको प्रवेश भएकै हो त ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 29, 2017 | 01:34:15 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन आज बुधबार पनि बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ  ।  आज नेप्से सूचक १२.२६ अंकले बढेर १५३६.१२ को उचाईमा पुगेर रोकिएको छ  ।  आज कारोबारमा आएका १६३ कम्पनीका २० लाख ४५ हजार ४ सय ८६ कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब ४ करोड ६६ लाख ६१ हजार १५ रुपियाँको कारोबार भएको छ  ।  

आज बुटवल पावर कम्पनीको सर्बाधिक ६ करोड ९९ लाख बराबरको कारोबार भएको छ  ।  कारोबार धेरै गर्ने अन्य कम्पनीमा  नेपाल टेलिकम, सानिमा मई हाइड्रो,  चिलिमे हाइड्रो, एनसीसी बैंक लगायत रहेका छन्  ।  

आज कारोबारमा आएका उत्पादन समूह बाहेकका सबै समुहगत सूचक बढेका छन्  ।  

आज नागबेली लघुवित्तका लगानीकर्ताले सबर्धिक ८.८८ प्रतिशत कमाएका छन् भने रिलायबल माइक्रोफाइनान्सका लगानीकर्ताले ८.८४ प्रतिशत कमाएका छन्  ।  अन्य बढी कमाउनेमा आरएसडिसी लघुवित्त, सिनर्जी पावर, सेन्ट्रल फाइनान्स लगायत रहेका छन्  ।  

आज हिमालय डिस्टिलरीको शेयर मूल्य १० प्रतिशतले घटेको छ  ।  अन्य बढी गुमाउने कम्पनीमा पुर्णिमा विकास बैंक, कालिका माइक्रोक्रेडिट , कन्काई विकास बैंक, चिलिमे हाइड्रो लगायत रहेका छन्  ।  

आज बुधबार कारोबार रकम १ अर्ब नाघेको छ   ।  बिगतमा शेयर बेचेर बाहिरिएका र बजार प्रवेशका लागि उचित समय पर्खेर बसेका लगानीकर्ताले शेयर उठाउन थालेकाले एकै दिन कारोबारको भोलुम अर्ब नाघेको विश्लेषण गरिएको छ। 'बजार सकारात्मक दिशा तर्फ जाने छनक देखेपछि लामो समयदेखि 'साइलेन्स' बसेका लगानीकर्ताले समेत शेयर उठाउन थालेका छन, त्यहि कारणले लामो समयपछि बजारमा अर्ब बढीको कारोबार भएको हो' एक ब्रोकर अधिकारिले बिजपाटिलाई बताए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved