12 Dec, 2017 | २६ मंसिर २०७४ | मङ्गलवार


Bizpati Reporter

Follow us on

हकप्रद निष्काशनको अनुमति माग्दै नेको इन्स्योरेन्स धितोपत्र बोर्डमा

Posted on:November 30, 2017

हकप्रद निष्काशनको अनुमति माग्दै नेको इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले २:१ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशनको अनुमति मागेको हो । 

कम्पनीले ३९ लाख २० हजार ९ सय २८ दशमलव ११ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

कम्पनीको असोज १० गते बसेको २२ साधारणसभाले १० प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद प्रस्ताव पारित गरेको थियो 
हाल कम्पनीको चुक्ता पुंजी  ७१ करोड २८ लाख रहेकोमा ५० प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुंजी १ अर्ब १७ करोड पुग्ने छ ।  

Share your thoughts!

Loading...

Trending