किन आकाशिदै छ युनाइटेड इन्स्योरेन्सको शेयर मूल्य ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 30, 2017 | 02:02:25 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन आज बिहिबार सामान्य अंकले बढेको छ। कारोबार अवधिभर तिब्र उतार चढाव देखिएको नेप्से हरियो भएर बन्द भएको छ। आज नेप्से सूचक १.५५ अंकले बढेर १५३७.६७ को उचाईमा पुगेर रोकिएको छ  । 

आज कारोबारमा आएका १६४ कम्पनीका १३ लाख ५२ हजार ६ सय ४८ कित्ता शेयर खरिद बिक्रिबाट ७४ करोड ६८ लाख ३९ हजार २ सय ९२ रुपियाँको कारोबार भएको छ । 

आज कारोबारमा आएका समुहगत सूचक मध्य विकास बैंक, फाइनान्स र उत्पादन समूह बाहेकका सबै सूचक बढेका छन्  । 

आज युनाईटेड इन्स्योरेन्सको सबै भन्दा धेरै ४ करोड ५५ लाख बराबरको कारोबार भएको छ  । अन्य बढी कारोबार हुनेमा बुटवल पावर कम्पनी, चिलिमे हाइड्रो, नेपाल बैंक , नेपाल टेलिकम लगायत रहेका छन्  । 

आज युनाईटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ  । अन्य धेरै कमाउनेमा रिलायबल फाइनान्स, एनएमबी माइक्रोफाइनान्स, युनाइटेड मोदी हाइड्रो, नेको इन्स्योरेन्स रहेका छन्  । 

आज जानकी फाइनान्सका लगानीकर्ताले धेरै गुमाएका छन्  । अन्य बढी गुमाउनेमा सिर्जना फाइनान्स, कर्णाली विकास बैंक, अपि पावर लगायत रहेका छन्  । 

किन १० प्रतिशतले बढ्यो युनाइटेड इन्स्योरेन्सको शेयर मूल्य ? 

आज युनाइटेडको सेयर मूल्य ९.९६ प्रतिशत अर्थात प्रतिकित्ता १२२ रुपैयाँ बढेर १ हजार ३४७ रुपैयाँ पुगेको छ । एकै दिन अचानक १० प्रतिशतले मूल्य बढ्दा यसमा चासो बढेको छ । खासमा  कम्पनीले इन्स्योरेन्सको दावी वापत तिरेको २५ करोड रुपैयाँ फिर्ता हुने भएपछि  मुल्य बढेको हो । 

२०६९ असोज २९ गते राजधानीको सतुंगलस्थित चौधरी ग्रुप अन्तर्गतका चारवटा इलोक्ट्रोनिक्स उद्योगको गोदाममा आगलागी भएको थियो । आगलागी पछि  युनाइटेडले सीजीलाई २५ करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो । 

तर पाटन उच्च अदालतले उक्त रकम फिर्ता गर्न सिजिलई भनेपछि कम्पनीको मूल्य बढेको हो । ठुलो रकम फिर्ता हुने भएपछि कम्पनीले बढ्ने लाभांश पनि बढ्ने अनुमानमा मूल्य बढेको हो  । हिजो पनि कम्पनीको मूल्य बढेको थियो । सीजी र युनाइटेड दुबै चौधरी ग्रुप अन्र्तगतका कम्पनी हुन् । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved