मोहम्मद अज्मत अलि/बिजपाटी     Dec 01, 2017



ruslan ruslan

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ब्रोकर मार्जिन ट्रेडिङको मस्यौदा तयार पारेको छ। मस्यौदा तयारीको काम सकेर संचालक समितिमा पठाइएको नेप्सेले जनाएको छ। 

नेप्सेको संचालक समितिले उक्त मस्यौदा अनुमोदन गरेपश्चात स्वीकृतिका लागि नियमन निकाय नेपाल धितोपत्र बोर्डमा पठाईनेछ। धितोपत्र बोर्डबाट स्वीकृत भएर आए पश्चात यो प्रक्रिया कार्यन्वयनमा आउनेछ। 

'मस्यौदा तयार भैसकेको छ र नेप्सेको संचालक समितिबाट अनुमोदन हुने क्रममा छ' नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बिजपाटिलाई भने, 'धितोपत्र बोर्डबाट स्वीकृत भएपश्चात कार्यन्वयनमा आउनेछ।' 

यो सबै प्रक्रिया सकेर ब्रोकर व्यसायीमार्फत सेयर धितोमा राखेर कर्जा दिने सुविधा पाउन लगानिकर्ताले अझै महिना दिन कुर्नु पर्ने पराजुलीले बताए। 'संचालक समितिबाट पनि मस्यौदामा केहि सुधार गर्नुपर्ने सुझाब आउन सक्ने र यहि अवस्था धितोपत्र बोर्डमा पनि लागू हुने भएकाले कार्यन्वयनको दिन तोक्नु हतार नै होला तर महिना दिनमा यो कार्यन्वयनमा आउँछ भन्ने हाम्रो अपेक्षा छ' उनले भने। 

बोर्डले गत कात्तिक २० गते मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन ल्याएको हो । सोही आधारमा नेप्सेले सरोकारवालाहरुसंगको छलफल पश्चात  ब्रोकर मार्जिन ल्यण्डिङको मस्यौदा तयार पारेको हो। बोर्डले जारि गरेको ‘मार्जिन कारोबार सम्बन्धी निर्देशन २०७४’ को २३ बुँदा र २ ओटा अनुसूची भित्र रहेर नेप्सेले मस्यौदा तयार गरेको हो।  


यस कारण मार्जिन सुविधा शेयर कारोबारीलाई मात्र हो, 'साइलेन्स' लगानीकर्ताका लागि होइन

Share your thoughts!









Close in 7