मोहम्मद अज्मत अलि/बिजपाटी     Dec 01, 2017



ruslan ruslan

जनता बैंकले गत आर्थिक बर्षबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको मङ्सिर १५ मा बसेको २३९ औ संचालक समितिको बैठकले संचिति मुनाफा तथा शेयर प्रिमियमबाट शेयरधनीहरुलाई १४.४० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताब गरेको छ। 

उक्त प्रस्ताब नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात शेयरधनीहरुमा लाभांश वितरण हुनेछ। लाभांश वितरण पश्चात जनता बैंकको चुक्ता पुंजी ८ अर्ब नाघ्नेछ। हाल जनता बैंकको चुक्ता पुंजी ६ अर्ब ९९ करोड ३६ लाख ९३ हजार ९९० छ।  

जनता बैंकले बोनस सेयर बापत लाग्ने कर प्रयोजनको रकम छुट्याएको छैन। नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गर्ने उदेश्यले कुनै पनि संस्थाले मर्जर तथा प्राप्ति गरेको दुई बर्षसम्म बोनस सेयर बापत लाग्ने करमा छुट दिएको छ। 

तसर्थ जनता बैंकले २०७४ असार ३० मा साबिकको सिद्दार्थ डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेकाले असार ३० सम्म कायम शेयरधनीहरुले बोनस सेयर बापत कर तिर्नु पर्दैन। तर असार ३० पछि जनता बैंकको शेयर खरिद गर्नेहरुले जनता बैंकले घोषणा गरेको बोनस शेयर प्राप्तिका लागि बोनस बापत लाग्ने कर तिर्नु पर्नेहुन्छ।  



Share your thoughts!









Close in 7