आयल निगमले सर्वसाधारणमा सेयर जारी गरेर चुक्ता पुंजी २० अर्ब पुर्याउने, कहिले आउला आइपीओ ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 02, 2017 | 08:16:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमको पुंजी वृद्धिका लागि सिफारिस गर्न बनेको समितिले निगमको चुक्ता पुंजी २० पुर्याउने प्रस्ताब अघि सारेको छ।समितिले सर्वसाधारणलाई समेत शेयर बिक्रि गरि चुक्ता पुँजी २० अर्ब पुर्याउने प्रस्ताव गरेको हो।

समितिले संस्थापक, रणनीतिक साझेदार र सर्वसाधारणमा शेयर जारि गरेर पुंजी वृद्धि गर्ने प्रस्ताब गरेको हो। समितिले निगममा हाल कायम रहेको ५५ प्रतिशत शेयर स्वामित्वलाई यथावत राखेर नै चुक्ता पुंजी वृद्धि गर्न सकिने प्रस्ताब गरेको छ। 

समितिको प्रस्ताब अनुसार संस्थापक शेयर आफै थपेर सरकारले रणनीतिक साझेदार र सर्वसाधारणमा लैजाने शेयरको टुंगो लगाउनुपर्नेछ। सरकारको शेयर स्वामित्व ५५ प्रतिशत, रणनीतिक साझेदारको १५ र सर्वसाधारणको ३० प्रतिशत हुने गरि चुक्ता पुंजी वृद्धि गर्नुपर्ने समितिको प्रस्ताब छ। 

सरकारले रकम थप्न नसके नाफाबाट आउने रकम राखेर भएपनि दुई बर्षमा चुक्ता पुंजी २९ करोडबाट १० अर्ब पुर्याउने निगमको योजना छ। यसका लागि अडिट प्रक्रिया छिट्टै सुरु हुने निगमले जनाएको छ। बार्षिक अर्ब भन्दा बढीको कारोबार गर्ने निगमको चुक्ता पुंजी अत्यन्त कम भएको भन्दै निगमको चुक्ता पुंजी कति पुर्याउने भन्ने बारे अध्ययन गर्न संचालक समितिले गत बर्ष यो समिति बनाएको थियो। 

कहिले आउला सर्वसाधारणमा आईपीओ ?

पब्लिक कम्पनीमा समेत गईनसकेको निगमले सर्वसाधारणमा शेयर जारि गर्न केहि बर्ष लाग्ने देखिन्छ। एका तर्फ सरकारले निगमको रहेको संस्थापक शेयर स्वामित्व अनुपात बढाउन ठुलो परिमाणको रकम थप गर्नु पर्ने हुन्छ। अर्को तर्फ संस्थान झैँ संचालनमा रहेको निगमलाई पब्लिकमा जान समय लाग्ने देखिन्छ। 

बार्षिक अरबौंको कारोबार गर्ने निगम आजका दिनमा पनि मासिक ५० करोड घाटामा छ। यसैलाई आधार मान्ने हो भने पनि निगमले प्रिमियममा आइपीओ जारि गर्ने सम्भावना न्यून छ तर योजना अनुसार काम अघि बढेको अवस्थामा निगमले अबको केहि बर्षमा सर्वसाधारणमा ६ अर्ब रुपैयाँ बराबरको आइपीओ जारि गर्नेछ। 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved