गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको हकप्रद भर्ने आज अन्तिम दिन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 04, 2017 | 09:07:40 AM मा प्रकाशित

laxmi  sunrise bank

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको हकप्रद भर्ने आज अन्तिम दिन हो। फाइनान्सले १० बराबर ४ अर्थात ४० प्रतिशतका दरले कात्तिक १२ देखि मङ्सिर १८ सम्मका लागि हकप्रद बिक्रि खुला गरेको हो। 

फाइनान्सले हकप्रद बिक्रि प्रयोजनार्थ असोज २७ गते बुक क्लोज गर्ने निर्णय गरेकाले असोज २६ सम्म कायम सेयरधनीहरुले मात्र हकप्रद भर्न पाउनेछन। फाइनान्सले प्रति कित्ता १ सय रुपैयाँका दरले १९ करोड ७३ लाख ९२ हजार ८ सय रुपैयाँ बराबरका १९ लाख ७३ हजार ९२८।७७ कित्ता हकप्रद बिक्रि खुला गरेको हो। 

असोज २६ सम्म कायम शेयरधनीहरुले कात्तिक १२ देखि कात्तिक १८ अर्थात आज सम्म फाइनान्सको बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्स लाजिम्पाट काठमाण्डौ, फाइनान्सको हरिहर भवन ललित तथा सम्पूर्ण शाखा कार्यालयहरु र नेपाल इन्भेष्टमेन्ट बैंकका तोकिएका केहि शाखा कार्यालय मार्फत आबेदन फारम प्राप्त गरि हकप्रद भर्न सक्नेछन। 

४० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात फाइनान्सको चुक्ता पुंजी ६९ करोड ८ लाख पुग्नेछ। हाल फाइनान्सको चुक्ता पुंजी ४९ करोड ३४ लाख छ। राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८० करोड पुर्यान फाइनान्सले १६ प्रतिशतले पुंजी बढाउनु पर्नेछ। फाइनान्सले गत आर्थिक बर्ष १२ करोड ९२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved