शिखर इन्स्योरेन्स कम्पनीले बार्षिक साधारणसभा प्रयोजनका लागि शेयरधनि दर्ता पुस्तिका बन्द गर्ने मिति तय गरेको छ। इन्स्योरेन्सले आगामी पुष ७ गते डाकेको साधारणसभा प्रयोजनार्थ मङ्सिर २२ देखि पुष ७ सम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको जनाइएको छ।
मङ्सिर २२ का लागि बुक क्लोज गर्ने निर्णय भएकाले मङ्सिर २१ सम्म कायम शेयरधनीहरुले मात्र इन्स्योरेन्सको साधारणसभामा भाग लिन र गत आर्थिक बर्षबाट घोषणा गरेको बोनस शेयर पाउनेछन। साधारणसभा इन्स्योरेन्सको केन्द्रीय कार्यालयमै आयोजना हुँदैछ।
इन्स्योरेन्सले गत आर्थिक बर्षको कमाईबाट २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताब साधारणसभामा लैजादैछ।
बोनस शेयर वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पुंजी १ अर्ब ५ करोड पुग्नेछ। हाल इन्स्योरेन्सको चुक्ता पुंजी ८१ करोड ७६ लाख छ। इन्स्योरेन्सले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ९ करोड ५५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।
शिखर इन्स्योरेन्सको साधारणसभा पुष ७ मा, बुक क्लोज मिति तय