मोहम्मद अज्मत अलि/बिजपाटी     Dec 04, 2017



ruslan ruslan

मिथिला लघुवित्त विकास बैंकले बार्षिक साधारणसभा प्रयोजनार्थ शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने मिति तय गरेको छ। लघुवित्तले पुष २९ मा डाकेको साधारणसभाका लागि पुष १४ देखि पुष २९ सम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको जनाइएको छ। 

पुष १४ देखि बुक क्लोज गर्ने निर्णय भएकाले पुष १३ सम्म कायम शेयरधनीहरुले मात्र जनकपुरधामको होटल वेलकममा हुने साधारणसभामा सहभागी हुन पाउनेछन भने गत आर्थिक बर्षबाट वितरण गरिएको बोनस शेयर प्राप्त गर्नेछन। 

लघुवित्तले गत आर्थिक बर्षको कमाईबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०।७८९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताब साधारणसभामा लैजादैछ। 

बोनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पुंजी ६ करोड ५८ लाख पुग्नेछ। हाल लघुवित्तको चुक्ता पुंजी ५ करोड ७३ लाख छ। लघुवित्तले चालु आर्थिक बर्षको पहीलो त्रैमासमा १० करोड ४७ लाख खुद मुनाफा गरेको छ।

बोनस शेयर बितरण पश्चात ५० प्रतिशत हकप्रद 

लघुवित्तले १५ प्रतिशत बोनस शेयर बितरण पश्चात कायम चुक्ता पुंजीबाट ५० प्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताब समेत साधारणसभामा लैजाने भएको छ। लघुवित्तले १० बराबर ५ अर्थात ५० प्रतिशतका दरले ३ लाख २९ हजार ८८९।६९ कित्ता हकप्रद बिक्रि गर्ने प्रस्ताब पारित गर्नेछ। साधारणसभाले पारित गरेपश्चात एक सूचना जारि गरि हकप्रदका लागि छुट्टै बुक क्लोजको मिति तय हुनेछ।


  

 

Share your thoughts!









Close in 7