१०.९० अंकले घटेको सोमबारको बजारमा लगानीकर्ताले गुमाए १२ अर्ब, कमाउनेमा हिमालयन पावर अगाडी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 04, 2017 | 03:55:15 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको कारोबारको पहिलो दिन आज सोमबार बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक १०.९० अंकले घटेर १५२६.७७ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १५७ कम्पनीका १० लाख १६ हजार ४ सय ९३ कित्ता शेयर खरिद बिक्रि बाट ५४ करोड २३ लाख ९३ हजार १ सय ३४ रुपियाँको कारोबार भएको छ ।

दोहोरो अंकले नेप्से घट्दा लगानीको सम्पत्ति मापन गर्ने बजार पूँजीकरण १२ अर्ब रुपैयाँले घटेको छ।गत विहीबार समग्र बजार पूँजीकरण १७ खर्ब ८६ अर्ब रुपैयाँ रहेकोमा आज बजार पूँजीकरण १७ खर्ब ७४ अर्ब रहेको छ  ।  

आज कारोबारमा आएका समुहगत सूचक मध्ये होटेल र उत्पादन समूहबाहेक सबै सूचक घटेका छन्  ।   

आज बुटवल पावर कम्पनीको सबै भन्दा धेरै ३ करोड ३ लाखको कारोबार भएको छ  ।  अन्य धेरै कारोबार गर्नेमा एनसीसी बैंक, शिखर इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, जनता बैंक लगायत रहेका छन्  ।  

आज हिमालयन पावर पार्टनरका लगानीकर्ताले सर्बाधि ६.४७ प्रतिशत कमाएका छन्  भने युनाइटेड इन्स्योरेन्सका लगानीकर्ताले सर्बाधिक ५.२ प्रतिशत गुमाएका छन्  ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved