मिर्मिरे माइक्रोफाइनान्सको लाभांश प्रस्ताव परिमार्जन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 06, 2017 | 09:57:42 AM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले यस अघि घोषणा गरेको लाभांश प्रस्तावमा केहि परिमार्जन गरेको छ । बैंकले यस अघि आर्थिक बर्षको कमाईबाट  ३०।८० प्रतिशत बोनस र कर प्रयोजनका लागि १।६२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताब गरेको थियो ।

तर कम्पनीलाई राष्ट्र बैंकले ग्राहक संरक्षण कोषमा पर्याप्त रकम विनियोजित गरी पुन विवरण पेश गर्न दिएकोमा कम्पनीको मङ्सिर १९ गते बसेको संचालक समितिको बैठकले  ३०।८० प्रतिशत बोनसलाई कायम राख्दै त्यसमा लाग्ने कर भने शेयरधनीबाट नै लिने निर्णय गरेको हो । 

उक्त प्रस्ताब नेपाल राष्ट्र बैंकमा पुन स्वीकृतिको लागि पठाईएको छ । प्रस्ताव राष्ट्र बैंकले अनुमति दिएपछि र  लघुवित्तको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात शेयरधनीहरुमा लाभांश वितरण हुनेछ। गत बर्ष मिर्मिरेले ५० प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

३०।८० प्रतिशत बोनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पुंजी ५ करोड ८८ लाख पुग्नेछ। हाल लघुवित्तको चुक्ता पुंजी ४ करोड ५० लाख छ। यस अघि लघुवित्तले ५० प्रतिशत हकप्रद बिक्रि गरेको थियो। उक्त ५० प्रतिशत हकप्रदले समेत बोनस सेयर पाउनेछन।

लघुवित्तले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ५२ लाख २९ हजार खुद मुनाफा आर्जन गरेको छ। लघुवित्तले हालै मात्र शतप्रतिशत हकप्रद बिक्रि गर्ने घोषणा गरेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved