शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश प्रस्ताव राष्ट्र बैंकबाट पारित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 06, 2017 | 10:37:06 AM मा प्रकाशित

laxmi  sunrise bank

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । बैंकको असोज २ गते बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७३/७४ को मुनाफाबाट २५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको थियो ।

 बैंकले हाल कायम चुक्ता पुंजीको २५ प्रतिशत अर्थात् २७ करोड ५७ लाख २३ हजार १ सय बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । अब बैंकको साधारण साधारणसभाले पारित गरेपछि वितरण हुनेछ। 

हाल बैंकको चुक्ता पुंजी १ अर्ब १० करोड २८ लाख  रहेकोमा प्रस्तावित बोनस वितरण पछि बैंकको चुक्ता पुंजी १ अर्ब ३७ करोड पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved