चुनावको अघिल्लो दिन लगानीकर्तामा उत्साह देखियो, नेप्से दोहोरो अंकले बढ्दा कारोबार भोलुम उच्च

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 06, 2017 | 01:52:51 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचनको अघिल्लो दिन लगानीकर्तामा उत्साह देखिएको छ। जस कारण बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ भने कारोबार रकममा समेत उल्लेख सुधार देखिएको छ। 

साताको चौथो दिन बुधबारको कारोबारमा नेप्से परिसूचक ११.६७ अंकले बढेर १५३६.५४ बिन्दुको उचाईमा पुगेको छ भने २ करोडको संस्थापक शेयर सहित कुल ६९ करोडको कारोबार भएको छ। 

बुधबार कारोबारमा आएका १६६ कम्पनीका १२ लाख ५४ हजार ८०५ कित्ता शेयर खरिद बिक्रिबाट ६९ करोड २६ लाखको कारोबार भएको छ। जसमा सबै भन्दा बढी शिखर इन्स्योरेन्सको ६ करोड ४० लाखको कारोबार भएको छ भने नेपाल टेलिकमको ३ करोड ५८ लाखको कारोबार भएको छ। त्यस्तै बुधबारको कारोबारमा ट्रेडिङ बाहेकका समुहगत सूचक बढेका छन।  

कारोबार भोलुम, नेप्से इन्डेक्सको साथ साथै माग खरिद चाप समेत बढ्ने क्रम देखिएकाले लगानीकर्ताको अपेक्षा अनुसार चुनावी नतिजा आउँदा बजारमा सकारात्मक उत्साह बढ्ने विश्लेषण गरिएको छ।   

सबै भन्दा बढी कारोबार हुने कम्पनीहरु 


बढी कमाउने १० कम्पनीहरु 

बढी गुमाउने दश कम्पनीहरु 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved