नेप्सेमा एनबी ईन्सुरेन्सको नाम र स्टक सिम्बल परिवर्तन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 08, 2017 | 09:36:50 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले एनबी ईन्सुरेन्स कम्पनी लिमिटेडकोे नाम र स्टक सिम्बल परिवर्तन गरेको छ । कम्पनीको नाम परिवर्तन भएपछि नेप्सेले आफ्नो साइटमा पनि कारोबारको लागि कप्मनीको नाम र स्टक सिम्बल परिवर्तन गरेको हो  । 

अब कम्पनीको नाम परिवर्तन भई आइएमई जनरल इन्स्योरेन्स लिमिटेड भएको छ । नेप्सेले कम्पनीलाई कारोबारको लागि IGI कोड दिएको छ  । 

निर्जीवन बीमा क्षेत्रमा २० बर्षदेखि सेवारत कम्पनी बिगतमा विविध कारणले समस्याग्रस्त भएपश्चात २०७१ साल माघ ५ गतेदेखि आईएमई गु्रप लगायत अन्य व्यक्तिहरुले खरिद गरी नयां व्यवस्थापन साहित २०७२ आषाढ देखि पुनः संचालनमा आएको थियो ।

नयां लगानीकर्ता तथा नयां व्यवस्थापनले कम्पनी सम्हाले पश्चात विगत ६ बर्षदेखिको हुन नसकेको बार्षिक साधारण सभा सम्पन्न गरी आ.ब. २०७३र०७४ को साधारण सभा मिति २०७४ साल आश्विन १० गते सम्पन्न गरी उक्त आ.ब.को साधारण सभा गर्ने पहिलो कम्पनी बन्न सफल भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved