संस्थागत लगानीकर्ता हौसिंदा टर्नओभर उच्च, नेप्सेमा भने गिरावट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 10, 2017 | 01:40:25 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन परिणाम आउन थालेपछिको पहिलो दिनको कारोबारमा बजार परिसूचक नेप्से घटेको छ । आज नेप्से सूचक ६.०५ अंकले घटेर १५३०.४९ को बिन्दुमा पुगेर रोकिएको छ । 

आज कारोबारमा आएका १५८ कम्पनीका १२ लाख १२ हजार ७ सय ८० कित्ता शेयर खरिद बिक्रि बाट ८४ करोड ७० लाख ७० हजार ८० रुपियाँको कारोबार भएको छ । 

आज स्ट्याण्डर्ड चार्टर्ड बैंकको सबै भन्दा धेरै २६ करोड ९७ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा बुटवल पावर कम्पनी, नेपाल टेलिकम, नेपाल बैंक चिलिमे हाइड्रो लगायत रहेका छन् । 

आज कारोबारमा आएका उत्पादन र अन्य बाहेकका सबै समुहगत सूचक घटेका छन् । 

आज बोटलर्स नेपाल तराई लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने सेन्ट्रल फाइनान्सका लगानीकर्ताले सर्बाधिक ४.७ प्रतिशत् गुमाएका छन् ।   

आज सूचक घटेपनि कारोबार रकममा उलेख्य सुधार भएको छ  । चुनावपछि बामपन्थीहरुको स्थिर सरकार बन्ने निश्चित जस्तै भएपछि संस्थागत लगानीकर्ता हौसिंदा कारोबार रकम बढेको आंकलन गरिएको छ ।  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved