आउने भयो एनसीसी बैंकको ५० प्रतिशत हकप्रद, चुक्ता पुंजी ७ अर्ब पुग्ने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 11, 2017 | 08:10:50 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रेडिट एण्ड कमर्श बैंकले ५० प्रतिशत हकप्रद बिक्रिको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आबेदन दिएको छ। बैंकले प्रति कित्ता एक सय रुपैयाँका दरले २ अर्ब ३३ करोड रुपैयाँ बराबरको शेयर बिक्रि गर्न लागेको हो। 

बैंकले २ अर्ब ३३ करोड ९५ लाख २९ हजार १०० रुपैयाँ बराबरका २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता शेयर बिक्रि गर्न लागेको हो। बैंकको गत भदौ १६ मा बसेको बार्षिक साधारणसभाले १०० बराबर ५० कित्ता शेयर अर्थात ५० प्रतिशतका दरले हकप्रद बिक्रि गर्ने प्रस्ताब पारित गरेको हो। बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ। 

५० प्रतिशत हकप्रद बिक्रि पश्चात बैंकको चुक्ता पुंजी ७ अर्ब १ करोड पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी ४ अर्ब ६७ करोड छ। बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १६ करोड ४५ लाख खुद मुनाफा गरेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved