आउने भयो मन्जुश्री फाइनान्सको ५ प्रतिशत हकप्रद, चुक्ता पुंजी ७६ करोड नाघ्ने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 11, 2017 | 08:22:35 AM मा प्रकाशित

laxmi  sunrise bank

मन्जुश्री फाइनान्सले ५ प्रतिशतका दरले हकप्रद बिक्रिको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आबेदन दिएको छ। फाइनान्सले १०० बराबर ५ कित्ता शेयर अर्थात ५ प्रतिशतका दरले ३ करोड ६२ लाख रुपैयाँ बराबरको ३ लाख ६२ हजार १९० कित्ता शेयर बिक्रि गर्न लागेको हो। 

फाइनान्सको गत असोज २५ मा बसेको बिशेष साधारणसभाले ५ प्रतिशतका दरले हकप्रद बिक्रि गर्ने प्रस्ताब पारित गरेको हो। फाइनान्सको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एस क्यापिटल रहेको छ। 

हकप्रद बिक्रि तथा बितरण पश्चात फाइनान्सको चुक्ता पुंजी ७६ करोड ५ लाख पुग्नेछ। हाल फाइनान्सको चुक्ता पुंजी ७२ करोड ४३ लाख छ। नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८० करोड पुर्याउन फाइनान्सले करिब ४ करोड रुपैयाँ पुंजी थप गर्नुपर्नेछ। फाइनान्सले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ६६ लाख १३ हजार खुद मुनाफा गरेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved