पूँजीवृद्धि नीतिले बैंकहरुको लगानी क्षमता बढ्यो : गभर्नर नेपाल

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 11, 2017 | 08:44:21 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जिीवि नेपालले पूँजीवृद्धि नीतिले बैंकहरुको लगानी क्षमता बिस्तार भएको बताएका छन। सेन्चुरी बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई प्राप्त गरि एकीकृत कारोबार शुभारम्भ कार्यक्रमको उद्घाटन गर्दै गभर्नर नेपालले यस्तो बताएका हुन। 

१२ बर्षमा कार्यन्वयन हुन नसकेको चुक्ता पुंजी वृद्धि नीति आफुल २ बर्षभित्र पुरा गरेको बताउदै गभर्नर नेपालले पुंजी वृद्धि नीति नेपालमा सफल भएको बताए। '२०६२ सालमा २ अर्ब चुक्ता पुंजी कायम गर्ने नीति आयो, १० बर्षमा समेत कार्यन्वयन हुन सकेन, अहिले २ बर्षभित्र पुरा भयो' उनले भने। 

बिगतमा चुक्ता पुंजी थोरै भएकाले २-३ योजना असफल हुँदा नै वित्तीय संस्था नै डुब्ने अवस्थामा पुगेको स्मरण गराउंदै गभर्नर नेपालले अहिले पुंजीवृद्धिले वित्तीय संस्थाको लगानी क्षमता समेत बढेको दाबि गरे।

एकिकृत कारोबार पश्चात सेन्चुरी बैंकको चुक्ता पुंजी ७ अर्ब ६८ करोड पुगेको छ। बैंकले यस अवधिमा ४९ अर्ब निक्षेप संकलन गरि ४५ अर्ब कर्जा लगानी गरेको कार्यक्रममा जानकारी गराइएको छ। त्यस्तै बैंकको शाखा संख्या ८५ पुगेको छ। नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन बैंकले बाँकी पुंजी बोनस शेयर मार्फत पुर्याउने जनाएको छ।    


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved