ज्योति विकास बैंकले गर्यो लाभांश घोषणा, राप्तिभेरीका शेयरधनीलाई लाभांश कति ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 11, 2017 | 09:57:25 AM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति बिकास बैंकले गत आर्थिक बर्षको मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको मङ्सिर २४ मा बसेको २९० औं संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर दिने प्रस्ताब गरेको जनाइएको छ। 

त्यस्तै ज्योतिले प्राप्त गरि मङ्सिर ८ देखि एकीकृत कारोबार थालेको तत्कालिन राप्ति भेरी विकास बैंकका सेयरधनीहरुलाई राप्ति भेरीको गत आर्थिक बर्षको कमाईबाट ६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताब गरिएको जनाइएको छ। 

राप्तिभेरीलाई प्राप्ति पश्चात ज्योतिको चुक्ता पुंजी २ अर्ब ३६ करोड पुगेको छ। १० प्रतिशत बोनस शेयर वितरण पश्चात ज्योतिको चुक्ता पुंजी २ अर्ब ५० करोड नाघ्नेछ। उक्त लाभांश प्रस्ताब नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले पारित गरे पश्चात शेयरधनीहरुमा लाभांश बितरण हुनेछ। ज्योतिले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४ करोड ५२ लाख खुद मुनाफा गरेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved