नेप्सेमा आज पनि गिरावट: ४६ करोड टर्नओभर, स्ट्याण्डर्ड चार्टर्डको कारोबार उच्च

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 11, 2017 | 01:31:31 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन आज नेप्से सूचक सामान्य अंकले घटेको छ  आज सूचक २.७४ अंकले घटेर १५२७.६५ को बिन्दुमा पुगेर रोकिएको छ  आज कारोबारमा आएका १५७ कम्पनीका ८ लाख ५६ हजार १ सय १८ कित्ता शेयर खरिद बिक्रि बाट ४६ करोड ४५ लाख ५० हजार ६ सय १८ रुपियाँको कारोबार भएको छ  

आज स्ट्याण्डर्ड चार्टर्ड बैंकको सबै भन्दा धेरै ६ करोड ६ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा प्राइम लाइफ इन्स्योरेन्स संस्थापक शेयर, बुटवल पावर कम्पनी, नविल बैंक संस्थापक शेयर, नेपाल टेलिकम लगायत रहेका छन् । 

आज कारोबारमा आएका उत्पादन र अन्य बाहेकका सबै समुहगत सूचक घटेका छन् 

आज एभरेष्ट बैंकको अग्राधिकार शेयरको मूल्य सर्बाधिक ७.४७ प्रतिशतले बढेको छ भने नेशनल माइक्रो फाइनान्सको शेयर मूल्य सर्बाधिक ५.८ प्रतिशतले घटेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved