भार्गव विकास बैंकको हकप्रद भर्ने म्याद १५ दिन थप

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 12, 2017 | 09:21:03 AM मा प्रकाशित

laxmi  sunrise bank

भार्गव विकास बैंक हकप्रद भर्ने म्याद थप गरेको छ ।  बैंकले कार्तिक २४ गतेदेखि  १०:८ को अनुपातमा ८०  प्रतिशत हकप्रद  निष्काशन गरेको हो ।  बैंकले २१ लाख १२ हजार कित्ता हकप्रद निष्काशन गरेको हो   ।  यस अघि बैंकले मङ्सिर २८ गतेसम्म हकप्रद भर्न सक्ने जनाएकोमा अब म्याद थप गरी पुस १४ गतेसम्म हकप्रद भर्न सकिने जनाएको हो  ।  

हकप्रद निष्काशन प्रयोजनार्थ बैंकले कार्तिक १५ गते बुक क्लोज मिति तय गरेकाले कार्तिक १४ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन्  । हकप्रद निष्काशनको लागि एनएमबी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  । 

लगानीकर्ताले एनएमबी क्यापिटलको कार्यालय नागपोखरी, भार्गव विकास बैंकको शाखाहरु र एनएमबी बैंकको निम्न शाखाहरुबाट आवेदन दिन सक्ने छन्  । 



हाल बैंकको चुक्ता पुंजी २६ करोड ४० लाख रहेकोमा हकप्रद निशाक्षणपछि चुक्ता पुंजी ४७ करोड ५२ लाख पुग्ने छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved