पूँजीबजारमा फेरी बल्झियो 'भ्याट आतंक', ३ ब्रोकरलाई ४ करोड तिर्न पत्राचार

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 12, 2017 | 06:41:42 PM मा प्रकाशित

laxmi  sunrise bank

पुंजीबजारमा फेरी भ्याट आतंक मच्चिएको छ। आन्तरिक राजश्व बिभागले बिभिन्न ब्रोकर कम्पनीलाई मूल्य अभिबृद्धि कर (भ्याट) तिर्न पत्र काटेसंगै ब्रोकरहरुमा खैलाबैला मच्चिएको हो। 

बिजपाटिलाई प्राप्त जानकारी अनुसार राजश्व बिभागले ब्रोकर नम्बर ५२ नम्बरको क्रिस्टल कन्चनजंघा सेक्युरिटी, ५३ नम्बर ब्रोकर अक्सफोर्ड सेक्युरिटी र ब्रोकर नम्बर ५४ सुनधारा सेक्युरिटीलाई भ्याट तिर्नका लागि पत्राचार गरेको छ। 

यी तिनवटै ब्रोकरलाई आजको १५ दिनभित्र ४ बर्षदेखिको भ्याट तिर्न पत्राचार गरिएको एक ब्रोकर अधिकारिले बिजपाटिलाई जानकारी दिए। उनका अनुसार प्रति ब्रोकर १ करोड १५ लाखदेखि १ करोड ५० लाखसम्म भ्याट निर्धारण गरि १५ दिनभित्र तिर्नका लागि पत्राचार गरिएको छ। 

बिभागले ४ बर्षदेखिको भ्याट निर्धारण गरि तिर्नका लागि पत्र काटेपश्चात ब्रोकरहरुको छाता संगठन स्टक ब्रोकर एशोसिएशनको कार्यसमितिको बैठक आज नै डाकिएको थियो। उक्त समितिले बीचमा हराएको भ्याट प्रकरण फेरी कसरि बल्झियो र अब कसरि अगाडी बढ्ने भन्ने बारे छलफल गरेको छ। यद्दपी तीन ब्रोकरलाई भ्याट निर्धारण गरि पत्राचार गरिएको सम्बन्धमा संघले ठोस धारणा छिट्टै सार्वजनिक गर्ने भएको छ।        

यस अघि पनि भ्याट निर्धारण गरि केहि ब्रोकरहरुलाई भ्याट तिर्न पत्र काटिएको थियो। जस कारण एक दिनको कारोबार नै ठप्प भएको थियो भने लामो रस्साकस्सिपछि भ्याट प्रकरण किनारा लागेको थियो। 

तर नयाँ सरकार बन्ने क्रममा रहेको र देउवा नेतृत्त्व सरकार काम चलाउ अवस्थामा पुगेको यस घडीमा भ्याट प्रकरण बल्झिनुलाई महत्त्वका साथ हेरिएको छ। कर्मचारीहरुले खेल्ने बाटो खोजेको विश्लेषण गरिएको छ। 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved