समस्याग्रस्त मुक्त दुई संस्थाको शेयर मुल्य १० प्रतिशतले बढ्यो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 13, 2017 | 01:46:30 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबारको शेयर कारोबारमा बजार परिसूचक दोहोरो अंकले बढ्दा समस्याग्रस्त मुक्त दुई संस्थाको शेयर मुल्य १० प्रतिशतले बढेको छ। बुधबारको कारोबारमा नेप्से परिसूचक १०.५३ अँकले बढेर १५२०.७४ को बिन्दुमा पुगेको छ। 

आज कारोबारमा आएका १६४ कम्पनीका १० लाख ६१ हजार ८५१ शेयर खरिद बिक्रि हुँदा ४९ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ। जसमा सबै भन्दा बढी ग्लोबल आइएमईको ५ करोड ४० लाखको कारोबार भएको छ भने स्ट्यान्डर्ड चार्टड बैंकको ३ करोड ७१ लाखको कारोबार भएको छ। 

नेप्से परिसूचक दोहोरो अंकले बढ्दा राष्ट्र बैंकले समस्याग्रस्त मुक्त घोषणा गरेको कुबेर मर्चेन्ट र ललितपुर फाइनान्सको शेयर मुल्य १० प्रतिशतले बढेको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved