शेयरबजारलाई भ्याट मुक्त बनाउन लगानीकर्ता संघ र ब्रोकर एकजुट, जारि गरे यस्तो बिज्ञप्ती

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 13, 2017 | 04:43:59 PM मा प्रकाशित

laxmi  sunrise bank

आन्तरिक राजश्व बिभागले बिभिन्न ब्रोकर कम्पनीलाई मूल्य अभिबृद्धि कर (भ्याट) तिर्न पत्राचार गरेको सम्बन्धमा लगानीकर्ता संघहरु र ब्रोकर संघले संयुक्त बिज्ञप्ती मार्फत यस कार्यको बिरोध गरेका छन। 

शेयर वा ऋणपत्र वा अन्य धितोपत्रको निस्कासन वा व्यवस्थापन वा खरीद बिक्रीसँग सम्बन्धित सेवालाई मूल्य अभिबृद्धि कर निर्देशिका, २०६९ (पहिलो संशोधन २०७३) को दफा ४.१७ मा वित्तिय सेवा भनी ब्याख्या गरिएको दलिल पेश गर्दै बिज्ञप्तीमा भनिएको छ, 'मूल्य अभिबृद्धि कर ऐनमा यस्तो वित्तीय सेवामा कर छुट हुने व्यवस्था रहेको छ।'

'यसरी स्पष्ट रुपमा मूल्य अभिबृद्धि कर छुट हुने भनि सो सम्बन्धका तथ्यहरु सहित सम्बन्धित निकायहरूमा पत्राचार गर्दा गर्दै तथ्यहरुको वेवास्ता गरि धितोपत्र दलाल व्यवसायीहरु माथी अन्तिम कर निर्धारण गरि मुल्य अभिबृद्धिकरमा दर्ता हुन निर्देशन दिने जस्ता कार्य प्रचलित कानुन तथा मु.अ.कर निर्देशिकाको प्रतिकूल रहेकोछ' बिज्ञप्तीमा उल्लेख छ।

नेपाल इन्भेष्टर्स फोरम,शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पूँजी बजार लगानीकर्ता संघ र स्टक ब्रोकर्स एसोसियशन अफ नेपालद्वारा जारि संयुक्त बिज्ञप्तीमा 'पूँजी बजारका लगानीकर्ताहरु हतोत्साही पार्ने, पूँजी निर्माण तथा परिचालनमा नकारात्मक असर गर्ने र समग्र आर्थिक विकासलाई नै अवरुद्ध पार्ने यस्ता कार्यहरुको हामी संयुक्त रुपमा विरोध गर्दछौं' उल्लेख छ। 


हेर्नुस पूर्ण बिज्ञप्ती

करदाता सेवा कार्यालयले धितोपत्र दलाल व्यवसायीहरुलाई मूल्य अभिबृद्धि कर निर्धारण गरी मिति २०७४।०८।२५ सम्मको जरिवाना, ब्याज तथा थप दस्तुर गणना गरी अन्तिम कर निर्धारण आदेश जारी गरेको र मूल्य अभिबृद्धि कर प्रयोजनको लागि दर्ता भई कारोबार गर्नु भन्ने निर्देशन जारी गरेको सम्बन्धमा गम्भिर ध्यानाकर्षण भएको छ ।
धितोपत्र दलालको सेवा २०५० सालबाट प्रारम्भ भएको र तत्कालिन बिक्रीकर ऐन, २०२३ अनुसार पनि दलाल सेवामा बिक्रीकर लागेका थिएन र मूल्य अभिबृद्धि कर लागू भएपछि हालसम्म पनि करिब १९ बर्षसम्म लगातार धितोपत्र दलालको दलाली सेवा शुल्कलाई वित्तीय सेवा मानि मूल्य अभिबृद्धि करमा दर्ता हुने र कर उठाउने कार्य भएको छैन ।
मूल्य अभिबृद्धि कर निर्देशिका, २०६९ (पहिलो संशोधन २०७३) को दफा ४.१७ मा वित्तिय सेवा लाई “बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने बचत संकलन र ऋण प्रवाह सम्बन्धी सेवा, बचत वा कर्जा सुरक्षण सेवा, अवकाश कोष सम्बन्धी सेवा, शेयर वा ऋणपत्र वा अन्य धितोपत्रको निस्कासन वा व्यवस्थापन वा खरीद बिक्रीसँग सम्बन्धित सेवा, मुद्रा विनिमय वा हस्तान्तरण सेवा, विप्रेषण सेवा जस्ता सेवालाई वित्तीय सेवा भनिन्छ” भन्ने व्याख्या रहेको र मूल्य अभिबृद्धि कर ऐनमा यस्तो वित्तीय सेवामा कर छुट हुने व्यवस्था रहेको छ ।
यसरी स्पष्ट रुपमा मूल्य अभिबृद्धि कर छुट हुने भनि सो सम्बन्धका तथ्यहरु सहित सम्बन्धित निकायहरूमा पत्राचार गर्दा गर्दै तथ्यहरुको वेवास्ता गरि धितोपत्र दलाल व्यवसायीहरु माथी अन्तिम कर निर्धारण गरि मुल्य अभिबृद्धिकरमा दर्ता हुन निर्देशन दिने जस्ता कार्य प्रचलित कानुन तथा मु.अ.कर निर्देशिकाको प्रतिकूल रहेकोछ । पूँजी बजारका लगानीकर्ताहरु हतोत्साही पार्ने, पूँजी निर्माण तथा परिचालनमा नकारात्मक असर गर्ने र समग्र आर्थिक विकासलाई नै अवरुद्ध पार्ने यस्ता कार्यहरुको हामी संयुक्त रुपमा विरोध गर्दछौं ।
पूँजी बजारमा तरलता प्रदान गर्ने, आर्थिक विकासको लागि पूँजीको सहज र सरल रुपमा उपलब्ध गराउने, अर्थतन्त्रको सहि सूचकको रुपमा प्रतिनिधित्व गर्ने पूँजी बजारलाई नकारात्मक प्रभाव पार्ने यस्तो प्रयत्न तत्काल फिर्ता लिन र ख्ब्त् मुक्त पूँजी बजारको लागि आवश्यक वातावरण  बनाउनाका लागि सम्बद्ध सबै पक्ष समक्ष हार्दिक अपिल  गर्दछौं ।
पन्ध्रलाख भन्दा बढी लगानीकर्ताहरू संलग्न रहेको सम्बेदनशील पूँजी बजारलाई प्रत्यक्ष रुपमा नकारात्मक प्रभाब पार्ने मुल्य अभिबृद्धी कर लगाउने सम्बन्धि निर्णय सात (७) दिन भित्र फिर्ता लिईं “भ्याट मुक्त पूँजी बजार, भय रहीत शेयर कारोबार” गर्ने वातावरण सिर्जना नगरेमा अन्य संघर्षका कडा कार्यक्रम गर्न बाध्य हुने व्यहोरा यसै विज्ञप्ती मार्फत जानकारी गराउछौ । 
   अम्बिका प्रसाद पौडेल            उत्तम अर्याल
अध्यक्ष, नेपाल इन्भेष्टर्स फोरम अध्यक्ष, शेयर लगानीकर्ता संघ नेपाल

         नबराज सुबेदी                       प्रियराज रेग्मी
अध्यक्ष, नेपाल पूँजी बजार लगानीकर्ता संघ अध्यक्ष , स्टक ब्रोकर्स एसोसियशन अफ नेपाल 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved