ओम डेभलपमेन्ट बैंकको शेयर लिलाममा, पुष २ देखि आबेदन खुला

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 14, 2017 | 07:23:41 AM मा प्रकाशित

laxmi  sunrise bank

ओम डेभलपमेन्ट बैंकले हकप्रदमा अवितरित शेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। बैंकले गत असोज २३ देखि कात्तिक २६ सम्म १० बराबर ३ अर्थात ३० प्रतिशतका दरले हकप्रद बिक्रि गर्दा अविरित शेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्न लागेको हो। बैंकले लिलामी मार्फत बिक्रि गर्न लागेको शेयरमा संस्थापक तर्फ २ लाख ६ हजार ५८७ कित्ता र साधारण तर्फ ४६ हजार ०८२ कित्ता शेयर छ।     

इच्छुक बोलकबोल दाताले बैंकले पुष २ देखि बैंकको बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटल, लाजिम्पाट काठमाडौं र नेपाल इन्भेष्टमेन्ट र ओम डेभलपमेन्ट बैंकका तोकिएका शाखा कार्यालयमा आइपुग्ने गरि पुष ९ गते कार्यालय समयसम्म बोलपत्र पेश गर्न सक्नेछन। बोलपत्रको नतिजा पुष १० गते ३ बजे खोलिने छ।


बोलकबोल दाताले शेयर खरिदको लागि आवश्यक रकम एनआईबिएल क्यापिटल मार्केट्सको नाममा कुमारी बैंकमा रहेको खाता नम्बर ०१२४५२४६१७०५४०१६ मा रकम जम्मा गर्न सक्नेछन। साथै आवेदकले गुड फोर पेमेन्ट चेक मार्फत समेत आबेदन दिन सक्नेछन।      

इच्छुक बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ।साथै संस्थापक सेयरका लागि न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १००० कित्ताको लागि आबेदन दिनुपर्नेछ। सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको हकप्रद पाउने छन। तर संस्थापक सेयरधनीले मात्र संस्ठापक शेयरको लागि आबेदन दिन सक्नेछन। 

हकप्रद वितरण पश्चात बैंकको चुक्ता पुंजी ४७ करोड १० लाख पुग्ने छ। हाल बैंकको चुक्ता पुंजी १५ करोड छ। बैंकले गत आर्थिक बर्ष ३ करोड ८७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। 

३० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी २ अर्ब १३ करोड पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी १ अर्ब ६४ करोड छ। बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ३ करोड ७४ लाख खुद मुनाफा आर्जन गरेको छ। 


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved