प्रभु लाइफ इन्स्योरेन्सले व्यवसाय थाल्यो, ६० करोडको आइपीओ जारि गर्ने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 14, 2017 | 08:31:24 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु लाइफ इन्स्योरेन्सले आफ्नो बिहिबारदेखि व्यवसायको शुभारम्भ गरेको छ। बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाईँले एक कार्यक्रमकाबीच इन्स्योरेन्सको कारोबार सेवा शुभारम्भ गरे।

सो अवसरमा समितिका चापागाईँले दश वर्षको अवधिमा अर्थतन्त्रमा धेरै परिवर्तन आएको बताउँदै सम्भाब्य बजार धेरै भएकाले थप नयाँ बीमा कम्पनीलाई अनुमति दिइएको उल्लेख गरे। नयाँ बीमा कम्पनी संचालनमा आउँदा थप रोजगारी बढ्ने र बीमा बजारलाई पनि विस्तार गर्न सघाउ पुर्याउने उनको दावी छ। 

प्रभु समूह, प्रभु बैंक, सांग्रिला विकास बैंक तथा अन्य व्यवसायिक समूहको लगानी रहेको प्रभु लाइफले बीमा बजारलाई ग्रामीण तहसम्म पुर्याउने जनाएको छ।

प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले निर्वाचनपछि राजनीतिक संक्रमण सकिएको बताउँदै अर्थतन्त्रले समेत नयाँ उचाई लिने र बीमा बजार पनि गतिशील हुने बताए।त्यस्तै सांग्रिला डेभपलपमेन्ट बैंकका अध्यक्ष डा रविन्द्रप्रसाद श्रेष्ठले सांग्रिला बैंकले नयाँ क्षेत्रमा हात हाल्ने मौका पाएको बताए।

२ अर्ब चुक्ता पुंजी रहेको प्रभु लाइफ इन्स्योरेन्समा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन। ६० करोड रुपैयाँ बराबरको  साधारण शेयर चाडै नै सर्वसाधारणमा बिक्रि गरिने कार्यक्रममा जानकारी दिइएको छ।  

पछि थप गर्दै जानेगरि कम्पनीले अमूल्य जीवन बीमा (आजीवन बीमा) र सम्बृद्ध जीवन बीमा (सावधिक बीमा) गरि दुईवटा पोलिसीहरु सार्वजनिक गरेको छ।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved