उन्नति माइक्रोफाइनान्सले पायो आईपिओ निष्काशनको अनुमति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 15, 2017 | 12:49:56 PM मा प्रकाशित

laxmi  sunrise bank

उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनिले अब  १ करोड ६५ लाख बराबरको १ लाख ६५ हजार कित्ता आईपिओ निष्काशन गर्ने छ  । 

कम्पनीले आज शुक्रबार आईपिओ निष्काशनको अनुमति पाएको हो  ।  आईपिओ निष्काशनको लागि सिद्दार्थ क्यापिटल बिक्रि प्रबन्धक चयन भएको छ । 

हाल माइक्रोफाइनान्सको चुक्ता पुंजी ३ करोड ८५ लाख रहेकोमा आईपिओ निष्काशनपछि चुक्ता पुंजी ५ करोड नाघ्ने छ । कम्पनीले गत आर्थिक बर्षको चौथो त्रैमासमा १ करोड ६९ लाख खुद नाफा कमाएको थियो । 

रुपन्देहीमा केन्द्रिय कार्यालय रहेको यस माइक्रोफाइनान्सले १० जिल्लामा सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved