बेस्ट फाइनान्सको शेयर लिलाममा, पुष ४ देखि आबेदन खुला

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 16, 2017 | 09:03:33 AM मा प्रकाशित

laxmi  sunrise bank

बेस्ट फाइनान्सले हकप्रदमा अवितरित शेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। फाइनान्सले पुष ४ देखि पुष १२ सम्मका लागि २ लाख ९० हजार २३६ कित्ता शेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्न लागेको हो। 

लिलाम मार्फत बिक्रि गर्न लागेको शेयरमा सर्वसाधारण तर्फ १ लाख ८३ हजार १९६ कित्ता शेयर छ भने संस्थापक तर्फ १ लाख ७ हजार ४० कित्ता शेयर छ। फाइनान्सले भदौ २७ देखि कात्तिक १४ सम्मका लागि १ बराबर १.२५ का दरले हकप्रद बिक्रि गर्दा अवितरित शेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो। 

इच्छुक बोलकबोल दाताले पुष ४ देखि फाइनान्सको बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल जमल, काठमाडौं, र ग्लोबल आइएमई बैंकका बिरगंज, बिराटनगर, पोखरा, बुटवल, नेपालगंज, धनगढी र सुर्खेत शाखा कार्यलयमा पुष १२ सम्म आइपुग्ने गरि बोलपत्र पेश गर्न सक्नेछन।    

बोलकबोल दाताले शेयर खरिदको लागि आवश्यक रकम ग्लोबल आइएमई क्यापिटलको नाममा ग्लोबल आइएमई बैंक, कमलादी शाखामा रहेको खाता नम्बर १११०१००११०६० मा वा कुमारी बैंक, पुतलीसडक रहेको खाता नम्बर ०१२४५२४६१६६७८५०१७ मा जम्मा गरि लिलाममा सहभागी हुन सक्नेछन। साथै बोलकबोल दाताले गुड फोर पेमेन्ट मार्फत समेत बोलपत्र पेश गर्न सक्नेछन।     


इच्छुक बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ।सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको साधारण शेयर पाउने छन। प्रत्येक व्यक्ति वा संघसंस्थाले फाइनान्सले लिलाममा राखेको साधारण तथा संस्थापक शेयरका लागि बोलपत्र पेश गर्न सक्नेछन  

हकप्रद बिक्रि तथा वितरण पश्चात फाइनान्सको चुक्ता पुंजी २९ करोड ७५ लाख पुग्नेछ। हाल फाइनान्सको चुक्ता पुंजी १३ करोड २२ लाख छ। फाइनान्सले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २ लाख ३५ हजार खुद मुनाफा गरेको छ। हालै मात्र बेस्ट फाइनान्सले सिनर्जी फाइनान्ससंग प्राप्तिका लागि सम्झौता गरेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved