जनता बैंकको साधारणसभा पुष २८ मा, बुक क्लोज मिति तय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 18, 2017 | 09:30:04 AM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंकले पुष २८ गते आठौं बार्षिक साधारणसभा बोलाएको छ ।  साधारणसभामा यस अघि बैंकको संचालक समितिको बैठकले प्रस्ताव गरेको लाभांश प्रस्ताव पेश हुने छ  । 

बैंकले गत बर्षको मुनाफाबाट १४.४० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको थियो । साधारणसभाको अन्य प्रस्तावमा उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जान सक्ने वा स्वेदेशी तथा विदेशी साझेदारीमा जान आवश्यक सहमति र सम्झौता गर्न संचालक समितिलाई अख्तियारी दिने लगायत रहेका छन् । 

साधारणसभा प्रायोजनकको लागि बैंकले पुष ११ गतेदेखी बुक क्लोज गर्ने भएको छ । पुस ९ गतेसम्म कायम शेयरधनीले मात्र बैंकको प्रस्तावित लाभांश पाउन र साधारण सभामा भाग लिन सक्ने छन् ।  

हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ९९ करोड रहेको छ । प्रस्तावित एक अर्ब ७० लाख ९१ हजार ९३५ रुपैयाँ अर्थात १४.४० प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी आठ अर्ब ७ लाख ८५ हजार ९२५ रुपैयाँ पुग्ने छ   ।

 बैंकले चालु आवको प्रथम त्रैमासमा ६ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved