एनआईसी एसियाले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारि गर्ने, पुष १३ देखि आबेदन खुला

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 18, 2017 | 05:25:47 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआइसी एसियाले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारि गर्ने भएको छ। बैंकले प्रति कित्ता १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र जारि गर्न लागेको हो। 

बैंकले पुष १३ देखि १७ सम्मका लागि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र जारि गर्ने जनाएको छ। बैंकको ऋणपत्र निष्काशन तथा बिक्रि प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। 

 

बैंकले पुष १३ देखि निष्काशन गर्न लागेको 'एनआईसी एशिया डिबेन्चर २०८१-८२' का लागि ७ कार्य दिन राखेर पुष ४ देखि लागू हुनेगरि सुचना जारि गरेको छ।    

बैंकले निष्काशन गर्ने अनुमति पाएको ३० लाख कित्ता ऋणपत्र मध्ये ६ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा जारि गर्नेछ भने बाँकी २४ लाख कित्ता ऋणपत्र आफ्नै पहलमा अन्य संघ संस्थालार्इ बिक्री गर्नेछ। 

बैंकले निष्काशन गर्न लागेको ऋणपत्रको अवधि ७ बर्षको रहेको छ। बैंकले ९ प्रतिशत बार्षिक ब्याजदरले अर्धवार्षिक रुपमा ब्याज झुक्तानी गर्ने जनाएको छ। उक्त ऋणपत्र दोस्रो बजारमा समेत खरिद बिक्रि हुनेछ।

ऋणपत्रलाई ईक्रा नेपाल लिमिटेडले एलए माइनस रेटिङ्ग प्रदान गरेको छ, जसको अर्थ लगानीको उच्चतम सुरक्षा र न्यून कर्जा जोखिम हो । साथै, बैंकलाई इक्रा नेपालले ए माइनस रेटिङ्ग प्रदान गरेको छ। जुन नेपाली बैंकहरुलाई प्रदान गरीएको उत्कृष्ट रेटिङ्गहरु मध्ये एक हो    

यस ऋणपत्रले लगानी कर्तालाई उच्चतम प्रतिफल प्राप्त गर्ने सुवर्ण अवसर दिने बैंकको बिश्वास छ। बैकले थप पूँजी निर्माणको लागि ऋणपत्र निष्कासन गर्न लागेको हो।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा निजि क्षेत्रकै अग्रणी बैंकमध्ये एक मानिने यस बैंकले अधिराज्यभर १४९ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरहरु र ४ एक्स्टेन्सन काउण्टरहरुबाट आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले यस अवधिसम्म ११७ अर्ब निक्षेप संकलन गरि ९८ अर्ब कर्जा प्रवाह गरिसह्को जनाएको छ। 


 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved