शिवम् सिमेन्टस लिमिटेडले ३७ लाख कित्ता आइपीओ निष्काशन गर्ने, साधारणसभामा प्रस्ताव पेश हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 19, 2017 | 08:43:59 AM मा प्रकाशित

laxmi  sunrise bank

शिवम् सिमेन्टस लिमिटेडले आईपियो निष्काशन प्रक्रिया अगाडी बढाएको छ । कम्पनीले आईपिओ निष्काशनको बिशेष प्रस्ताव सहित पुस २५ गते साधारणसभा डाकेको छ  ।  कम्पनीले  सर्वसाधारणलाई ३७ करोड बराबरको ३७ लाख कित्ता सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको हो । 

कम्पनीले जारीपुँजी ३ अर्ब ७० करोड रुपैयाँ मध्ये ९० प्रतिशत संस्थापक समूह र १० प्रतिशत साधारण समूहको स्वामित्व हुने गरी यसै साधारणसभाबाट प्रबन्धपत्र संशोधन गर्ने भएको छ । धितोपत्र बोर्डले गतबर्ष मात्रै उत्पादन मुलक लगायत अन्य क्षेत्रले न्युनतम १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्न पाउने व्यवस्था गरेको थियो । कम्पनीले प्रिमियम मूृल्यमा आइपीओ निष्कासन गर्न पाउनेछ । 

सेयरधनीलाई प्रतिसेयर १० रुपैयाँ ५३ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि साधारणसभामा पेश हुने भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved