प्राइम कमर्शियल बैंकको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 19, 2017 | 08:52:32 AM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्शियल बैंकको बोनस सुरक्षित गर्ने आज पुस ४ गते अन्तिम दिन रहेको छ ।   बैंकले गत आर्थिक बर्षको कमाईबाट लाभांश वितरण गर्ने प्रस्ताब पारित गर्न पुष २५ मा साधारणसभा डाकेको छ। बैंकले पुष ५ देखि २५ सम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले पुष ४ सम्म कायम शेयरधनीहरुले मात्र साधारणसभामा सहभागी हुन र २७ प्रतिशत बोनस शेयर प्राप्त गर्न सक्नेछन।

बैंकको कात्तिक २६ गते बसेको संचालक समितिको बैठकले गत बर्षको मुनाफाबाट २७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो  ।  त्यस्तै साधारणसभाले संचालक समितिको निर्वाचन समेत गर्ने बैंकले जनाएको छ। 

बैंकले २७ प्रतिशत बोनस शेयरका लागि तिर्नु पर्ने कर नछुट्याएकाले बैशाख १७ गते पश्चात बैंकको शेयर खरिद गर्नेले आफैले कर प्रयोजन बापतको रकम तिर्नुपर्ने हुन्छ। बैंकले विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेकाले बैशाख १७ अगाडी कायम शेयरधनीहरुले भने बोनस बापतको कर छुट पाउनेछन।

हाल बैंकको चुक्ता पुंजी ६ अर्ब ३२ करोड रहेकोमा २७ प्रतिशत बोनसपछि बैंकको चुक्ता पुंजी ८ अर्ब नाघ्ने छ  । बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ३४ करोड १७ लाख खुद नाफा कमाएको थियो  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved