टेलिकम ४० अंकले घट्दा दोहोरो अंकले घट्यो नेप्से, कमाउनेमा अरुण फाइनान्स अगाडी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 19, 2017 | 01:34:10 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन आज मंगलबार बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक १४.४९ अंकले घटेर १४९३.७६ को बिन्दुमा रोकिएको छ । आज कारोबारमा आएका १६६ कम्पनीका १४ लाख ५ हजार ९ सय ७१ कित्ता शेयर खरिद बिक्रिबाट ५९ करोड ९३ लाख ७६ हजार ३ सय २१ रुपियाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन्  । 

आज नेपाल टेलिकमको सबै भन्दा धेरै ७ करोड ९४ लाखको कारोबार भएको छ  । आज टेलिकमको मूल्य ४० अंकले घटेको छ  । टेलिकमको मूल्य उलेख्य रुपमा तल माथि हुँदा त्यसले समग्र बजार नै तलमाथि हुने गर्छ  । आज पनि बजार घट्नुमा टेलिकमको मूल्यले भूमिका खेलेको छ  । टेलिकमको मूल्य ४.२६ प्रतिशतले  घटेको छ। 

आज अन्य बढी कारोबार हुनेमा प्राईम कमर्शियल बैंक , नेपाल ग्रामिण विकास बैंक संस्थापक शेयर, स्ट्याण्डर्ड चार्टर्ड बैंक, एभरेस्ट बैंक लिमिटेड रहेका छन्  । 

आज अरूण फाइनान्स लिमिटेडका लगानीकर्ताले सर्बाधिक ९.७० प्रतिशत कमाएका छन्  । धेरै गुमाउनेमा सिनर्जी पावर, हिमालयन डिस्टिलरी, नेपाल टेलिकम लगायत रहेका छन्  ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved