सेन्ट्रल फाईनान्सले पुस २३ गतेदेखि हकप्रद निष्काशन गर्ने, कहाँ दिने आवेदन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 20, 2017 | 09:24:03 AM मा प्रकाशित

laxmi  sunrise bank

सेन्ट्रल फाईनान्सले पुस २३ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । सेन्ट्रल फाईनान्सले २ शेयर बराबर १ (२ः१) शेयरको अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।

अब सेन्ट्रल फाईनान्सले प्रति शेयर मूल्य रु १०० अंकित दरको २६ लाख ३ हजार ३ सय १४ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । कम्पनीले हकप्रद निष्काशन प्रयोजनार्थ पुस ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ३ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदको लागि आवेदन दिन सक्ने छन् । लगानीकर्ताले माघ २८ गतेसम्म हकप्रद भर्न सक्ने छन्  । हकप्रद शेयर निष्काशनको लागि  एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड  बिक्री प्रबन्धकमा रहेको छ ।

लगानीकर्ताले  एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेडको कार्यालय लाजिम्पाट, सेन्ट्रल फाइनान्सका शाखा कार्यालय हरु , नेपाल इन्भेस्टमेन्ट बैंकका बिराटनगर , बिरगंज, नेपालगञ्ज, इटहरी, र धनगढी शाखाबाट आवेदन दिन सक्ने छन्  ।  त्यस्तै आस्वा सदस्य बैंकबाट पनि हकप्रद भर्न सकिने छ  । 

 सेन्ट्रल फाईनान्सकोे हाल कायम चुक्ता पुँजी रु ५२ करोड ६ लाख ६२ हजार ८ सय १५ रहेकोमा हकप्रद शेयर निष्काशन पछि कुल चुक्ता पुँजी रु ७८ करोड ९ लाख ९४ हजार २ सय २० पुग्नेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved