आइएमई लाइफ इन्स्योरेन्सले आईपिओ निष्काशन गर्ने, प्रस्ताव पारित गर्न बोलायो साधारणसभा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 20, 2017 | 12:36:02 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी साधारणलाई सेयर आइपीओ निष्काशन गर्ने भएको छ  । कम्पनीले आइपीओ निष्काशन गर्ने प्रस्ताव सहित पुस २६  गते  आफ्नो पहिलो बार्षिक साधारण सभा बोलाएको छ । साधारणसभा  लैनचौर ब्याङ्क्वेट, लैनचौरमा हुने छ ।

२ अर्ब चुक्तापूँजी रहेको कम्पनीले संस्थापक समूहको ७० र सर्वसाधारण समूहको ३० प्रतिशत लगानी संरचना बनाउन आइपीओ निष्काशन प्रस्ताव साधारणसभामा लान लागेको हो । साथै साधारण सभाले संचालक समितिको निर्वाचन र लेखापरीक्षक नियुक्त समेत गर्नेछ ।

साधारणसभाबाट पारित भएपछि कम्पनीले ३० प्रतिशत अर्थात्  ६० करोड साधारण शेयर निष्कासन गर्ने प्रक्रिया अगाडी बढाउने छ । 

हाल कम्पनीको १ अर्ब ४० करोड चुक्तापुँजी र ३ अर्ब अधिकृत पुँजी रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved