नेप्सेमा गिरावट जारी: ४२ करोडको कारोबार हुँदा कमाउनेमा सिन्धु विकास बैंकका लगानीकर्ता अगाडी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 20, 2017 | 01:43:26 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन आज बुधबार पनि बजार परिसूचक नेप्से घटेको छ । आज नेप्से सूचक ९.२९ अंकले घटेर १४८४.४७ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १ सय ५५ कम्पनीका ९  लाख ८३ हजार १ सय ८ कित्ता शेयर खरिद बिक्रिबाट ४२ करोड ४३ लाख ७० हजार ३ सय ९३ रुपियाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन् ।

आज नेपाल टेलिकमको सबै भन्दा धेरै ४ करोड ९ लाखको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, एभरेस्ट बैंक, जनता बैंक लगायत रहेका छन् । 

आज सिन्धु विकास बैंकका लगानीकर्ताले सर्बाधिक ६.७१ प्रतिशत कमाएका छन् भने हिमालयन डिस्टिलरी लिमिटेडका लगानीकर्ताले सर्बाधिक ७.५५ प्रतिशत गुमाएका छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved