१०५ प्रतिशत लाभांश पारित गर्न चार्टडले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 20, 2017 | 04:27:47 PM मा प्रकाशित

laxmi  sunrise bank

स्ट्यान्डर्ड चार्टड बैंकले गत आर्थिक बर्षको कमाईबाट शेयरधनीहरुलाई शतप्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताब सहित बार्षिक साधारणसभा डाकेको छ। बैंकले कर प्रयोजनका लागि ५.२६ प्रतिशत नगद लाभांश सहित १०५.२६ प्रतिशत लाभांश प्रस्ताब पारित गर्ने गरि पुष २६ का लागि साधारणसभा डाकेको हो।

बैंकले साधारणसभा प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द हुने मिति तय गर्न बाँकी नै छ। सम्भवत: हप्ता दिनपछि बैंकले बुक क्लोज मिति सार्वजनिक गर्नेछ। बैंकले गत आर्थिक बर्षको कमाई र जगेडा कोषको रकम उपयोग गरि शतप्रतिशत बोनस शेयर वितरण गर्न लागेको हो। 

शतप्रतिशत बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब नाघ्नेछ। बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ४८ करोड २५ लाख ३१ हजार रुपैया खुद मुनाफा गरेको छ।  






 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved