प्रिमियर इन्स्योरेन्सको एफपीओ निष्काशन पुष १६ देखि,आबेदन दिनु अघि जान्नुहोस वित्तीय अवस्था

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 21, 2017 | 08:08:59 AM मा प्रकाशित

laxmi  sunrise bank


प्रिमियर इन्स्योरेन्सले पुष १६ देखि प्रिमियममा थप नयाँ साधारण शेयर (एफपीओ) बिक्रि गर्ने भएको छ। इन्स्योरेन्सले प्रति कित्ता एक सय रुपैयाँ अंकित मुल्यमा ६९९ रुपैयाँ प्रिमियम थप गरि प्रति कित्ता ७९९ का दरले ६ लाख ५९ हजार ५६५ कित्ता सेयर बिक्रि गर्न लागेको हो।  

कम्पनीमा हाल कायम संस्थापक र साधारण शेयरको अनुपात ५१ः४९ कायम गर्न एफपीओ बिक्रि गर्न लागेको हो। कम्पनी शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ। 

इच्छुकले पुष १६ देखि पुष १९ सम्म आबेदन दिन सक्नेछन। प्रिमियर इन्स्योरेन्सको एफपीओ मा लगानीकर्ताले न्युनतम १० कित्ता अर्थात ७ हजार ९९० रुपैयाँ बराबरको शेयर र अधिकतम ३००० कित्ता अर्थात २६ लाख २८ हजार ७१० रुपैयाँ बराबरको आवेदन दिन सक्नेछन।  

लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटल, प्रिमियर इन्स्योरेन्स कम्पनी, नारायाणचौर नक्साल, काठमाडौंबाट आबेदन फारम प्राप्त गरि आबेदन दिन सक्नेछन। साथै आफ्नो खाता रहेको आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट समेत अनलाइन मार्फत आबेदन दिन सक्नेछन। 

एफपीओ बिक्रि तथा वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पुंजी ५१ करोड ४४ लाख पुग्नेछ। हाल इन्स्योरेन्सको चुक्ता पुंजी ४४ करोड ८५ लाख छ। एफपीओ बिक्रि पश्चात कम्पनीको चुक्ता पुंजी ६ करोड ५९ लाखले बढ्नेछ भने उसको जगेडा कोषमा ४६ करोड १० लाख जम्मा हुनेछ। 

कम्पनीले गत बर्षको लाभांश वितरण गर्न बाँकी नै छ। गत बर्ष कम्पनीले १८ करोड खुद मुनाफा गरेको छ भने चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २ करोड १२ लाख खुद मुनाफा गरेको छ। कम्पनीले २०७५ असार मसान्तसम्म चुक्ता पुंजी १ अर्ब पुर्याउनुपर्नेछ। दोस्रो बजारमा प्रिमियमको शेयर प्रति कित्ता १५३५ रुपैयाँमा कारोबार भईरहेको छ। 

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved