राधि बिद्युतको आईपिओमा आवेदन दिने आज अन्तिम दिन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 21, 2017 | 09:16:17 AM मा प्रकाशित

laxmi  sunrise bank

राधि बिद्युत कम्पनी लिमिटेडले निष्काशन गरेको साधारण शेयर आईपिओमा आवेदन आज पुस ६ गते अन्तिम दिन रहेको छ ।   कम्पनीले पुस ३ गते देखि   ७ करोड ६४ लाख रुपैयाँ बराबरको ७ लाख ६४ हजार ५ सय ५० कित्ता साधारण सेयर बिक्रि खुला गरेको हो।  

इच्छुक लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ३८ सय कित्ताको लागि आवेदन दिन सक्ने छन् ।  तर ५० कित्ता भन्दा बढीको आवेदन दिनु अनुपयुक्त हुन्छ । 

  लगानीकर्ताले देशभरका आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् । 

कम्पनीले  कात्तिक ७ मा आइपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। कम्पनीले यस अघि नै आयोजना प्रभावित लमजुङबासिका लागि गत बैशाख ५ देखि जेठ ३ सम्म साधारण सेयर निष्काशन गरिसकेको थियो। 

स्थानीयलाई आइपीओ जारि गर्दा नबिकेको १ लाख ४९ हजार ५५० कित्ता सेयर समेत थप गरि कम्पनीले १५ प्रतिशतले हुन आउने ७ लाख ६४ हजार कित्ता आइपीओ जारि गर्न लागेको हो।

राधिको अधिकृत पुंजी १ अर्ब ५० करोड छ। कम्पनीको जारि पुंजी ४१ करोड छ। जारि पुंजी मध्ये ३० करोड ७५ लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ। कम्पनीले आयोजना प्रभावितलाई १० प्रतिशत सेयर बिक्रि गरिसकेको छ भने अब सर्वसाधारणमा १५ प्रतिशत बराबरको आइपीओ जारि गरि पुंजी पुर्याउने छ।    

सर्वसाधारणमा आइपीओ निष्काशन पश्चात कम्पनीको सेयर संरचना संस्थापक तर्फ ७५ प्रतिशत, आयोजना प्रभावित १० प्रतिशत र साधारण तर्फ १५ प्रतिशत रहेनछ। आइपीओ निष्काशनको लागि कम्पनीको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा नबिल बैंकिङ इन्भेष्टमेन्ट छ।  

राधि बिद्युत कम्पनीले ४.४० मेगावाटको राधि सानो हाइड्रोपावर परियोजना संचालन गरिरहेको छ। यस परियोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ। 

कम्पनीले अब देशभरका सर्वसाधारणका लागि उक्त सेयर निष्कासन गरेपछि कम्पनीको चुक्तापूँजी ४१ करोड रुपैयाँ पुग्नेछ ।कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिगं लिमिटेड रहेको छ  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved